
बैतडी: बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो करिब १बजेतिर स्थानीय दोसिर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।
सोमबार दिउँसो खर काट्न भनि खरबारीमा आएकी पार्वती लाई एक्कासी छिमेकीको बोका आएर हान्दा उनि करीब ५सय मिटर तल खसेकी थिईन।

बोकाले हानेर ५ सय मिटर तल खसेकि भट्टको घट्नास्थलमै मृत्यु भएको हो।
मृतक भट्टको घरमा चार छोरा र चार छोरी छन् ।
तिहार सकिए लगत्तै भीरबाट लडेर पार्वतीको निधन भएपछि सिंगो तडिगाउँ शोकमा डुबेको छ ।
– बाशुलिङ मिडिया बाट साभार
































