
विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ ।

सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ ।
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।


सन् २०२० को चुनावमा तत्कालीन सिनेटर कमला ह्यारिस जो बाइडेनको चुनावी अभियानमा सामेल भएकी थिइन् र उनी पहिलो अश्वेत र दक्षिण एसियाली महिला थिइन्। जसलाई प्रमुख राष्ट्रिय पार्टीले उपराष्ट्रपतिमा मनोनीत गरेको थियो।
उनको विजय ऐतिहासिक उपलब्धि थियो। जुन पहिलो पटक एक अश्वेत महिलाले उपराष्ट्रपतिको पद धारण गरेको थियो। अब, शीर्ष पदका लागि डेमोक्र्याटिक उम्मेदवारको रूपमा, उनी फेरि एक पटक इतिहास रच्न सक्छिन् र सम्भवतः अमेरिकाको पहिलो महिला राष्ट्रपति र पद सम्हाल्ने पहिलो अश्वेत महिला बन्नेछिन्।































