डडेल्धुरामा ड्युटीमा खटिएका प्रहरी माथि हातपात, पाँच जना घाइते

Image
Nisarga Hospital

डडेल्धुरामा ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारलाई हातपात गरी शक्त घाइते बनाइएको छ। अमरगढी नगरपालिका–५ बागबजार पोष्टको ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वर प्रकाश पन्तलाई ढुङ्गाले हानेर शक्त घाइते बनाइएको हो।

CP Hospital Dhangadhi

मंगलबार बेलुकी साढे ६ बजेतिर प्रहरी सहायक हवल्दार पन्तले धनगढीबाट डडेल्धुरातर्फ आइरहेको GJ ०५ RV ८८४८ भारतीय नम्बर प्लेटको कार रोकेर चेकजाँच गरेका थिए। सोही क्रममा कारमा सवार अजयमेरु गाउँपालिका–४ बस्ने २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरी पन्तको टाउको पछाडि भागमा ढुङ्गाले हानी शक्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीले चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने २२ वर्षीय रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। उक्त घटनामा संलग्न अन्य ३ जनालाई पनि प्रहरी पक्राउ गरेको प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उनका अनुसार अजयमेरु–४ चिपुर बस्ने २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र जित ऐरलाई पक्राउ गरिएको छ। प्रहरी निरीक्षक बमले भने, ‘चटौतलाई हामीले उनकै घर ठेगानाबाट नियन्त्रणमा लिएका हौँ। बोहरा र ऐरलाई बागबजारबाट पक्राउ गरेका थियौँ।’

पक्राउ परेकाहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिकविरुद्धको अपराधमा ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए। ढुङ्गा प्रहारबाट घाइते पन्तको धनगढीमा उपचार भइरहेको जनाइएको छ।

Dhnagadhi & Krishanapur