

धनगढी ः पोषण विशेष कार्यक्रमको जिल्ला स्तरीय दुई दिने वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय,कैलालीको आयोजानमा भएको कार्यक्रमा जिल्लाका १३ वटै स्थानिय तहका फोकल पर्सन,शाखा प्रमुखहरु सेती प्रादेशीक अस्पतालका पोषण प्रमुख,टिकापुर अस्पतालका पोषण प्रमुख लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य कार्यालय,कैलालीकि निमित्त कार्यलय प्रमुख गौरी जोशीको अध्यक्षतामा भएको कार्यक्रकमा प्रमुख अतिथि समाजिक विकास मन्त्रालयका स्वाथ्य महाशाखा प्रमुख हेमराज खड्का रहनु भएको थियो ।


कार्यक्रममा विशिष्ट अतिथि जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रहनु भएको थियो । पोषण विशेष कार्यक्रमको जिल्ला स्तरीय दुई दिने वार्षिक समिक्षा तथा आमाको दूध प्रतिस्थापन गर्ने बस्तु (बिक्रि, वितरण, नियन्त्रण) ऐन सम्बन्धी पैरवी कार्यक्रम यही २८ र २९ गते स्वास्थ्य कार्यालय,कैलालीको कार्यालयमा भएको थियो । भने केयर नेपाल,याक नेपाल, आडी नेपाल , डब्लुएचव को सहयोग रहेको थियो । कार्यक्रम सन्चालन स्वस्थ्य कार्यालय कैलालीकी सिनिएर अनमी फोकल पर्सन रमा गिरी गर्नु भएको थियो ।

































