डडेल्धुरा अस्पताल ६ वर्षदेखि विशेषज्ञ चिकित्सकको पखाईमा

Image
Nisarga Hospital

डडेल्धुरा : सुदूरपश्चिमको एक मात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेल्धुरा अस्पताल छ वर्षदेखि विशेषज्ञ चिकित्सकको पखाईमा छ । विशेषज्ञ चिकित्सक नहुँदा सङ्घीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा पुग्ने बिरामीले उपचार सेवा पाउन सकेका छैनन् ।

CP Hospital Dhangadhi

डडेल्धुरा अस्पताल उपक्षेत्रीयबाट विशिष्ट विशेषज्ञ अस्पताल बनेको पाँच वर्ष भयो तर दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक कहिल्यै पाउन सकेन । एघारौँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट एक जना दरबन्दी रहेको अस्पतालमा हाल १० तहका चिकित्सक कार्यालय प्रमुख छन्। अस्पतालमा ९ र १० तहका १७ जना विशेषज्ञ चिकित्सकको स्वीकृत दरबन्दी भए पनि हाल स्थायी एक जना र अस्थायी नौ जना गरेर १० जना मात्रै रहेको सोमबार आर्थिक वर्ष २०८०\८१ को वार्षिक समीक्षा कार्यक्रममा अस्पतालका निमित्त मेसु डा. नरेन्द्रकुमार खनालले जानकारी दिए ।
आठौँ तहका १८ जना मेडिकल अधिकृतको पद स्वीकृत भएकोमा १४ जना स्थायी र १४ जना करार गरेर २८ जना रहनुभएको उनले बताए ।

नेपाल सरकारले छात्रवृत्तिमा पढाउने चिकित्सक मात्रै डडेल्धुरा अस्पताल आउने र दुई वर्ष नपुग्दै जाने भएकाले चिकित्सकको दरबन्दी रिक्त रहन गएको अस्पतालका निमित्त मेसु डा. खनालले बताए । गत वर्षभरि अस्पतालबाट एक लाख ५८ हजार ६३३ जना बिरामीले उपचार सेवा लिएको उनले प्रस्तुत गरेको तथ्याङ्कमा छ । सबैभन्दा बढी दीर्घ रोगका बिरामी रहेको उनले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तर अस्पतालबाट कति जना बिरामी रेफर भए तथ्याङ्कमा उल्लेख छैन । अस्पतालका सूचना अधिकारी टङ्क पन्तका अनुसार तीन ठाउँबाट बिरामी रेफर गरिन्छन् इमर्जेन्सी र ओपिडीबाट । इमर्जेन्सीबाट करिब २७० को सङ्ख्यामा रेफर भएको हुन सक्ने अनुमान उहाँले लगाउनुभयो तर अन्य दुई ठाउँको जानकारी दिए ।

सङ्घीय सरकारबाट प्राप्त भएको ४० करोड ७८ हजार रुपियाँ बरारबरको रकमको ५४ प्रतिशत अर्थात् २१ करोड ६० लाख रुपियाँ खर्च भएको उनले बताए। उनका अनुसार अस्पताल विकास समितिमा १० करोड रुपियाँ सङ्कलन भएको र शतप्रतिशत खर्च भएको छ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार केही दिनअघि मात्रै अस्पतालको नयाँ भवन हस्तान्तरण भएको र दुई साताभित्रै अस्पतालले मृगौला डायलासिस सेवा सञ्चालन गर्ने तयारी थालेको छ ।

डायलासिसका लागि दुई वर्षअघि नै आवश्यक उपकरण खरिद गरिएर थन्काएर राखिएका थिए । अस्पतालमा दरबन्दी अनुसारका विषेशज्ञ चिकित्सक पदपूर्तिका लागि बारम्बार मन्त्रालय र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग समन्वय गरेको उनले बताए।

गत कात्तिक २६ गते गृह जिल्ला डडेलधुरा आएर एक साता बस्नुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई अस्पतालको समूहले भेट गरेर दरबन्दी अनुसारको पदपूर्तिका लागि अनुरोध गरेको उनले बताए । दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको पदपूर्ति हुन नसक्ने भए विशेषज्ञ सेवासहित भनिएको सङ्घीय सरकार मातहतको अस्पतालले सेवा दिन नसक्ने भनेर बारम्बार जानकारी गराउँदै आएको उनको भनाइ छ ।

सङ्घीय सरकार मातहत सञ्चालनमा रहेको डडेलधुरा उपक्षेत्रीय अस्पताललाई २०७५ फागुन ५ को मन्त्रीपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरेर डडेलधुरा अस्पतालमा स्तरोन्नति गरेको थियो ।

Dhnagadhi & Krishanapur