बाजुराको स्वामीकार्तिकमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता, समाजवादीलाई सघाउने

Image
Nisarga Hospital

बाजुराको स्वामीकार्तिकमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर नेकपा एमालेका उम्मेदवारलाई सघाइरहेको बेला प्रदेश समितिले एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको छ । माओवादीको सुदूरपश्चिम कमिटीले पत्र काट्दै केन्द्रीय निर्णय अनुसार समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको हो ।

CP Hospital Dhangadhi

माओवादीका सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलको हस्ताक्षर रहेको पत्रमा स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएर राजुकुमारी विश्वकर्मासहितका नेताले एमालेकी सुलोचना भण्डारी बुढालाई मत मागिरहेका बेला माओवादी केन्द्रले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन दिइएको छ ।

पत्रमा केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गरेर जाने सहमति भएका कारण १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई समर्थन गर्दै मतदान गर्न भनिएको छ । पार्टीको स्वामीकार्तिक खापर गाउँ कमिटीले एमालेका उम्मेदवारलाई समर्थन गर्ने र मत हाल्ने भनी गरेको निर्देशन पार्टीको केन्द्रीय नीति र निर्देशन विपरीत भएको समेत पोखरेलले जनाएका छन् । स्वामीकार्तिकमा माओवादीको गाउँ कमिटीले एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

माओवादीको गाउँ कमिटीले भने २०८४ को चुनावमा वाम गठबन्धन गर्ने सहमतिका आधारमा उपनिर्वाचनमा एमालेलाई समर्थन गरेको जनाएको छ । हाल गाउँ कमिटीको निर्णयअनुसार माओवादीका नेताहरू एमालेका उम्मेदवारलाई सघाउँदै चुनावी प्रचारप्रसार गरिहरेका छन् ।

Dhnagadhi & Krishanapur