कञ्चनपुरमा इँट्टाले हानेर श्रीमतीले नै श्रीमानको हत्या

Image
Nisarga Hospital

कञ्चनपुरमा श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको छ । जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीय सियाराम रानाको आफ्नै श्रीमतीले हत्या गरेको छ ।

CP Hospital Dhangadhi

आफ्नै घरको ट्वाइलेटमा चिप्लेर मृत अवस्थामा फेला परेको भन्ने खबर हिजो प्रहरीले प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्दको टोली घटनास्थलमा खटिएको थियो। घट्नास्थलमा पुग्दा मृतको शव लडेको स्थानमा नभएर केही पर ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा फेला परेको थियो।

Attariya Hospital

प्रहरीका अनुसार ट्वाइलेट र बाथरुममा हेर्दा लडेको नभई हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मृतकको टाउको र तालुको भागमा विभिन्न काटिएको जस्तो चोटहरु देखा परेका छन्। घरभित्र खानतलासी गर्दा कोठा, कुर्सी, टेबल, ढोका लगायत स्थानमा रगतका छिटा देखिएको प्रहरीले बताएको छ। खाटमुनि रगत लागेको इट्टाको आधा भाग समेत फेला परेको छ। कोठामा रहेको दराजभित्र प्लास्टिकको सानो झोलाभित्र पुरुष र महिलाले लगाउने कपडाहरुमासमेत रगत देखा परेको छ।

nawajiwan

सोधपुछको क्रममा मृतकका श्रीमती जनककुमारी रानाले श्रीमान–श्रीमतीबिच हिजो बिहान झगडा भएको र दिउसो श्रीमान् सुतेको अवस्थामा ईटाले उनको टाउकोमा हानी घटना आफूले गरेको भनी स्वीकार गरेको प्रहरीले बताएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ४३ वर्षीया जनककुमारी रानालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ। घटनास्थलबाट रगत लागेको इँटा, २ थान, रगत लागेको मोबाइल एक थान, जेब्रा ब्याग एक थान र रगत लागेको महिला र पुरुषका कपडाहरु बरामद गरिएको छ।