बाजुरामा आजैबाट मतगणना गर्ने तयारी

Image
Nisarga Hospital

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार नै मतगणना गर्ने तयारी गरिएको छ । गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान जारी रहेका बेला निर्वाचन आयोगले आइतबार नै मतगणना थाल्ने तयारी गरिएको जनाएको छ ।

CP Hospital Dhangadhi

बाजुराका प्रमुख निर्वाचन अधिकृत अंगतबहादुर महतले मतदान सम्पन्न भएपछि तत्कालै गाउँपालिका कार्यालयको हलमा मतपेटिका संकलन गरेर राखिने बताए । सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि तत्कालै मतगणना गरिने महतले बताए ।

स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि नेपाली कांग्रेसकी पुल्तीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र नेकपा एकीकृत समाजवादीकी जवा शाही चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

२०७९ सालको स्थानीय तह निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएकी नेपाली कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा आइतबार उपनिर्वाचन भएको हो ।

कुल ७ हजार ४६० मतदाता रहेको यो पालिकामा साँझ ४ बजेसम्म ३ हजार ८७९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । त्यसअघि नै मतदान स्थलमा प्रवेश गरेका मतदातालाई भने मत हाल्ने दिइनेछ ।

Dhnagadhi & Krishanapur