
दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योलले देशमा सैनिक शासन (मार्शल ल) घोषणा गरेका छन ।

मङ्गलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम आवश्यक भएको जनाएका हुन् ।
राष्ट्रपति यूनले यो कदम देश विरोधी तत्वलाई सखाप पार्न उठाइएको पनि दाबी गरेका छन् । सैनिक शासन कहिलेसम्म लागू हुन्छ भन्ने उनले स्पष्ट पारेका छैनन् ।कुनै देश आपतकालीन अवस्थामा पुग्दा सैनिक शासन लगाउने गरिन्छ । त्यहाँको विपक्षी पार्टीले सैनिक शासन लगाउने राष्ट्रपति यूनको कदमलाई असंवैधानिक भनेको छ ।
राष्ट्रपतिले सैनिक शासन घोषणा गर्नासाथ दक्षिण कोरियाको राजधानी सियोलका सडकमा मानिसहरू जम्मा हुन थालेका छन् । उनीहरू त्यहाँको नेशनल एसेम्बली भवनबाहिर केन्द्रित हुँदैछन् ।


सैनिकहरूले सडकमा उत्रिएका मानिसलाई हटाउन बल प्रयोग गरिरहेको छ । सडकमा निकै ठूलो सङ्ख्यामा सैनिक तैनाथ गरिएको छ । प्रदर्शनकारीहरूलाई नेशनल एसेम्बलीभित्र प्रवेश गर्नबाट रोक्न सेनाहरूले प्रयास गरिरहेका छन् ।
खबर हबबाट






























