देश छाडेर भागेका सिरियाका राष्ट्रपति मस्को पुगे

Image
Nisarga Hospital

हयात ताहिर अल साम (एचटिएस)ले राजधानी दमास्कस कब्जा गरेपछि सिरियाका राष्ट्रपति बशर अल-असद रूस पुगेका छन्। रूसले उनलाई शरण दिने जनाइएको छ।

CP Hospital Dhangadhi

आइतबार, एचटिएसका नेता अबु मोहम्मद अल-जुलानीले दमास्कसको उमायाद मस्जिदमा सम्बोधन गर्दै इस्लामिक राज्यको विजय भएको बताए। उनले सहिदप्रति सम्मान जनाउँदै भ्रस्टाचारमुक्त सिरिया निर्माणको प्रतिबद्धता व्यक्त गरे।

Attariya Hospital

२७ नोभेम्बरदेखि तीव्र आक्रमणपछि विद्रोहीहरूले प्रमुख सहरहरू नियन्त्रणमा लिएका थिए, जसमा एलेप्पो, हामा, होम्स, र अन्ततः दमास्कस सामेल छन्।

nawajiwan

त्यही मस्जिदमा बसार अल असद र उनका बाबु हफिज अल असदले प्रार्थना गर्थे। त्यो सम्बोधन भन्दा अघि नै उनी राजधानी दमासकस पुगेर मुख्य स्थान भ्रमण गरेका थिए। भागेर छिमेकमा पुगेका धेरैजना अहिले सिरियामा फर्कने क्रम जारी छ। अहिले संसार भरी रहेका सिरियाली समुदायका व्यक्तिहरू खुसी मनाइरहेका छन्।