बाजुरा दुर्घटनामा कञ्चनपुरका शिक्षक दम्पती, क्षणभरमै बिलायो घुमफिरको रमाइलो

Image
Nisarga Hospital

अत्तरिया : बाजुराको मार्तडीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको हो। यस्तै, भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्टको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

CP Hospital Dhangadhi

मृतक भट्ट शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टकी श्रीमती हुन्। अर्की मृतक पन्त पनि भट्टकै आफन्त पर्छन्। उनका श्रीमान लोकेन्द्र पन्त दुर्घटनामा परेर घाइते भएका छन्। पन्त दम्पती शिक्षक हुन्। लोकेन्द्र भीमदत्त नगरपालिकाको ओदालीस्थित बीपी कोइराला आधारभूत विद्यालयमा शिक्षण गर्छन्। पत्नी गायत्री एक निजी विद्यालयमा पढाउँथिन्।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का मोहनदेव भट्ट र बाजुराको गौमूल गाउँपालिका–४ का २५ वर्षीय रमेश धामी पनि घाइते भएका छन्। बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिर दर्शन गरेर फर्किने क्रममा उनीहरू सवार सुपप्र ०१००१ च ४३१६ नम्बरको स्कारपियो आइतबार दिउँसो दुर्घटनामा परेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

जिप सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख भट्ट भर्खरै डोटीबाट सरुवा भएर बाजुरा गएका थिए।खउनकी श्रीमतीसहित आफन्त मन्दिर दर्शनसहित घुमफिरमा थिए। उनीहरूले अछामको रामारोशन हुँदै बाजुराका विभिन्न ठाउँ घुमघाम गरेका थिए। घाइते शिक्षक लोकेन्द्रले एक दिनअघि मात्रै बाजुराको बिरेखोला झरनामा तस्बिर कैद गरेर सामाजिक सञ्जालमा राखेका थिए। आफन्तसँग घुमफिरको रमाइलो दुर्घटनाले छणभरमै शोकमा परिणत गरिदिएको छ।

Dhnagadhi & Krishanapur