आईतबारको दिनमा सूर्यभगवानको पुजा आजा गर्नाले मिल्नेछ चमत्कारिक लाभ

Image
Nisarga Hospital

हाम्रो शास्त्रले दैनिक जीवनका हरेक पाटोलाई व्यवस्थित गर्ने मार्गदर्शन दिएको पाइन्छ। दिन, बार, नक्षत्र, र ग्रहहरूको अध्ययनबाट प्राप्त ज्ञानले हामीलाई सफलता र समृद्धि हासिल गर्न सघाउँछ। आज आइतबार, ज्योतिष शास्त्रका अनुसार यस दिन विशेष केही कामहरू गर्दा सफलता प्राप्त हुने विश्वास गरिन्छ।

CP Hospital Dhangadhi

आइतबार गर्ने कामहरू

१. राज्याभिषेक र मन्त्र–उपदेश

nawajiwan
  • आइतबार राज्याभिषेक, मन्त्र-उपदेश, र शिक्षासम्बन्धी काम शुभ मानिन्छ।
  • राजनीतिक वा प्रशासनिक क्षेत्रमा सफलता खोज्नेहरूले आज निर्णय लिन सक्दछन्।

२. गीत–वाद्य अभ्यास

  • संगीत, वाद्यवादन, वा अन्य सिर्जनात्मक कलामा संलग्न व्यक्तिहरूले आइतबार यस काममा समय दिनु राम्रो मानिन्छ।
  1. औषधि निर्माण र गाईगोरु किनबेच
    • औषधि निर्माण र जडिबुटी सङ्कलनका लागि पनि आइतबार लाभदायक मानिन्छ।
    • गाईगोरु किनबेच गर्न आजको दिन विशेष उपयुक्त मानिन्छ।

४. हवन वा पूजा पाठ

Attariya Hospital
  • शुभकार्यको थालनी गर्दा गणेश भगवानको पूजा गर्नाले कार्य सफल हुने विश्वास गरिन्छ।
  • हवन गर्दा मानसिक शान्ति र आध्यात्मिक लाभ मिल्ने शास्त्रले बताएको छ।

५. सुन, तामा, र रातो वस्तुको कारोबार

  • आइतबार सुन, तामा, उनी, र रातो वस्त्र जस्ता सामग्री किनबेच गर्दा शुभफल प्राप्त हुन्छ।

आइतबार गर्न नहुने कामहरू

  • आइतबार जुठो काम (दाहसंस्कार वा अन्य अशुभ कार्य) गर्न वर्जित मानिन्छ।
  • शरीरलाई थकान दिने भारी काम गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ।
  • शत्रु वा विपक्षीसँग विवाद वा तर्क गर्नु आज अशुभ मानिन्छ।

ज्योतिषीय मान्यता

ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको छ, जसले ग्रह-नक्षत्रको प्रभावलाई आधार मानेर हाम्रो जीवनका महत्वपूर्ण पक्षमा मार्गदर्शन गर्छ। बारअनुसार काम गर्दा ग्रहहरूको सकारात्मक प्रभावले सफलता, शान्ति, र समृद्धि प्राप्त हुने विश्वास छ।

यसैले, आज आइतबारलाई शुभ दिन बनाउँदै, सही काम र कर्ममार्फत आफ्नो जीवनलाई सफल र संस्कारी बनाऔं।