
धार्मिक शास्त्र र ज्योतिषशास्त्र अनुसार मंगलबारलाई विशेष महत्त्व दिइएको छ। मंगलबारको ग्रह “मंगल” निकै क्रूर र उग्र मानिन्छ, जसको कारणले गर्दा यस दिन केही कार्यहरू गर्न निषेध गरिएको छ।

मंगलबार गर्न नहुने ५ प्रमुख कार्यहरू:
१. पशु बलि दिनु:
यसले सन्तानमा नकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
२. कुखुरा वा पंक्षीको हत्या गर्नु:

यो कार्यले मानिसको बुद्धि भ्रमित हुने र विवेकमा कमी आउने मान्यता छ।
३. माछा वा मासु सेवन गर्नु:

माछा वा मासु खाए आर्थिक नोक्सानी हुने र कुटुम्बको हानि हुने बताइएको छ।
४. मदिरा सेवन गर्नु:
मदिरा सेवनले क्रोध बढ्ने र अपराधिक क्रियाकलापमा संलग्न हुने सम्भावना बढाउँछ।
५. झगडा वा विवाद गर्नु:
यस दिन झगडा गरेमा बेइज्जत हुने खतरा रहन्छ।
मंगलबारको महत्त्व:
मंगल ग्रह रक्त, हाड, र शरीरका उर्जासँग सम्बन्धित छ।
मंगललाई मृत्यु, रक्तपात, र क्रोधको प्रतीक मानिन्छ।
ज्योतिष अनुसार मंगलबारलाई “क्रुर बार” भनिन्छ।
मंगलबारको शुभ कार्यहरू:
यदि मंगलबारको दिनमा आफ्नो मनोकामना पूरा गर्न चाहनुहुन्छ भने:
भगवान गणेशको पूजा गर्नु।
हनुमान चालीसा वा हनुमानको मन्त्र जप गर्नु।
व्रत (उपवास) राख्नु।
यसरी मंगलबारको विशेष नियमहरूको पालन गर्दा मनोकाङ्क्षा पूरा हुने, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।































