
शनिबार बिहान ४:१४ बजे बाजुराको पूर्वी उत्तरी भेगस्थित जगन्नाथ गाउँपालिका, गोत्री केन्द्रविन्दू बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्पको केन्द्रविन्दू: जगन्नाथ गाउँपालिका, गोत्री।
समय: बिहान ४ बजेर १४ मिनेट।
जिल्ला सदरमुकाम मार्तडीका स्थानीय घरबाहिर निस्किए।
त्रासका कारण स्थानीयले होहल्ला गर्दै बाहिर सुरक्षित स्थान खोजेका छन्।
पुनः भूकम्प आउने डरले जनमानस त्रासमा।



भूकम्पले कति क्षति पुर्यायो भन्नेबारे यकिन विवरण प्राप्त भइसकेको छैन। स्थानीय प्रशासनले क्षतिको जानकारी संकलन गर्न सुरु गरेको छ।
प्राकृतिक विपत्तिको यो घटनाले पुनः भूकम्पको त्रास पुनर्जीवित गराएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र सतर्क रहन अपिल गरिएको छ।
































