मेलौलीमा पानीका मुहान जोगाउन वन जंगलमा रिचार्ज पोखरी निर्माण गरिदै

Image
Nisarga Hospital

बैतडी: पानीका मुहान सुकेर वन जङ्गल सुक्न थालेपछि मेलौली नगरपालिकाले वन क्षेत्रमा रिचार्ज पोखरी निर्माण सुरु गरेको छ। पोखरी निर्माणका लागि नगरप्रमुख, वडाध्यक्ष र समुदायका मानिस वनमै बैठक गरी काम अघि बढाएका छन्।

CP Hospital Dhangadhi

जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै जाँदा वनमा सुक्खापन बढ्न थालेको र डढेलोको जोखिम बढेकाले भू-उपयोग योजना अन्तर्गत रिचार्ज पोखरी निर्माण थालिएको नगरप्रमुख भीमबहादुर चन्द (भूकम्प) ले बताए। यसका लागि राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले नगरपालिकालाई प्राविधिक सहयोग गरिरहेको छ।

पहिलो चरणमा १५ पोखरी निर्माण
पहिलो चरणमा सुक्खाग्रस्त क्षेत्र मानिएको मेलौली नगरपालिका–९ बाट काम थालिएको वडाध्यक्ष लोकराज भट्टले जानकारी दिए। उनका अनुसार वडाभित्रका सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माण सम्पन्न भएको छ।

nawajiwan
Attariya Hospital

जल तथा जमिनको संरक्षणका पहल
मेलौली नगरपालिका–९ मा सबै खेतीयोग्य जमिनमा सामूहिक खेती गर्न योजना बनाइएको राष्ट्रिय भूमि अधिकार मञ्चका स्रोत व्यक्ति नरीराम लोहारले जानकारी दिए। उनले भने, “पानीका स्रोतहरू सुक्न थालेपछि परम्परागत कुलो र कुवा संकटमा परेका छन्। जमिन बाँझो रहँदा खाद्य संकट बढेको छ, जसलाई समाधान गर्न प्राविधिक र सामुदायिक परिचालनमा सहयोग गरिरहेका छौँ।”

सामुदायिक नीति २०८१
खाद्य संकट र सुक्खापनको समस्या समाधान गर्न वडा कार्यालयले सामुदायिक नीति २०८१ जारी गरेको छ। यसअन्तर्गत बाँझो जमिन उपयोग, जलवायु अनुकूल खेती, रैथाने बिउ संरक्षण, खानेपानीका मुहान जोगाउन रिचार्ज पोखरी निर्माण, घाँस खेती, र पाँच हजार वृक्षारोपणको कार्यक्रम अघि बढाइएको छ।

युवाको विदेश पलायन र गाउँ रित्तिने समस्या
विगतमा विशालपुरका ३५६ परिवारले कोदो खेती गर्ने गरेकोमा हाल जम्मा ६० परिवारले मात्र खेती गर्ने गरेका छन्। सडक निर्माणपछि बाहिरबाट खाद्यान्न आउन थालेको र युवा विदेश पलायन हुँदा गाउँ रित्तिने अवस्थामा पुगेको छ। यस समस्याको समाधानका लागि नगरपालिकाका सबै वडामा भू-उपयोग योजना बनाई नयाँ कामको थालनी गरिएको नगरप्रमुख चन्दले जानकारी दिए।