कञ्चनपुरको बेलौरीमा सशस्त्र प्रहरीद्वारा सीमावर्ती क्षेत्रमा कपाल काट्ने तालिम सञ्चालन

Image
Nisarga Hospital

कञ्चनपुरः सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायलाई सशक्त बनाउन कपाल काट्ने तालिम सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल, नं ४३ गण हेक्वा वनभेडाको आयोजनामा बेलौरी नगरपालिका-१० भुडामा एकहप्ते कपाल काट्ने तालिम ७ मंसिरबाट सुरु गरिएको हो।

CP Hospital Dhangadhi

यो तालिम सशस्त्र प्रहरीको बिओपी भुडा र बिओपी पचुईको कार्यक्षेत्र अन्तर्गत सञ्चालन भइरहेको छ। बिओपी भुडाका इन्चार्ज जोगबहादुर पुनमगरका अनुसार तालिमले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सीप प्रदान गरी उनीहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्य राखेको छ।

nawajiwan
Attariya Hospital

“सीमावासीहरूसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत, सीमावर्ती जनतालाई आत्मनिर्भर बनाउन यो तालिम आयोजना गरिएको हो। यसले उनीहरूलाई व्यावसायिक जीवनमा नयाँ सुरुवातको अवसर प्रदान गर्नेछ,” पुनमगरले बताए।

तालिम १४ मंसिरसम्म सञ्चालन हुनेछ। तालिम सुरु भएको तीन दिनभित्र करिब १५ भन्दा बढी सहभागीहरूले यसमा संलग्न भइसकेका छन्। सहभागीहरू कपाल काट्ने आधारभूत सीप सिकिरहेका छन्, जसले उनीहरूलाई स्वरोजगार हुन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यो तालिम सीमावर्ती क्षेत्रका स्थानीय समुदायको जीवनस्तर सुधार गर्न सशस्त्र प्रहरीले अघि सारेको नयाँ पहलको एक हिस्सा हो। यसले सीमावर्ती क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दाबीच सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।