कञ्चनपुरमा पिकनिक गएका २६ वर्षीय युवकको मृत्यु

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरमा मंगलबार पिकनिक खान गएका एक युवकको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाका २६ वर्षीय बिक्की भनिने विक्रम विष्टको मृत्यु भएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार मंगलबार दिउँसो भीमदत्त नगरको चुरे क्षेत्र खन्या खोलामा चिप्लिएर मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ। विष्टसँगै उनकै आफन्त ३ जना पनि पिकनिक गएका थिए। प्रहरीका अनुसार खोलाबाट माथि चुरे उक्लिँदा चिप्लिएर विष्टको मृत्यु भएको प्रारम्भिक जानकारी छ।

Attariya Hospital

विष्टलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले बेलुकी ६ बजे मृत घोषणा गरेका थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan