
सुदूरपश्चिम विश्वविद्यालयले कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने भएको छ। बाह्रौँ सिनेट बैठकको निर्णयअनुसार यो कार्यक्रम सुरु गर्न तयारी भइरहेको छ।

कृषि विज्ञान सङ्कायका डिन डा. विष्णुविलास अधिकारीका अनुसार यस वर्ष बाली विज्ञान विषयमा स्नातकोत्तर कक्षा सञ्चालन हुनेछ। आउँदो वर्ष क्रमशः बागवानी, कृषि अर्थशास्त्र, पशु विज्ञान, बाली संरक्षण, प्रसार शिक्षा, बाली प्रजनन, र माटो विज्ञान लगायतका विषयहरूमा कार्यक्रम विस्तार गरिने योजना छ।

यसले कृषि क्षेत्रमा उन्नत अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
































