
बझाङः बझाङमा क्रियाशिल पत्रकारहरूको भेलाले श्रमजीवी पत्रकार संघ गठन गरेको छ । शुक्रबार गठन गरिएको श्रमजीवी पत्रकार संघको अध्यक्षमा भूमिराज पिठातोली निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा झलक सिंह र अञ्जु खड्का, सचिवमा टेकेन्द्र बोहरा, कोषाध्यक्षमा उत्तमकुमार थापा, सह-सचिव शिवजी मण्डेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा सुरेश धामी, सुनिल मण्डेल, गणेश धामी, रमेश बोहरा, कल्पना उपाध्याय, समीर खत्री र सुरेन्द्र खत्री निर्विरोध निर्वाचित भएका हुन् ।

समिति गठनपछि संघले श्रमजीवी पत्रकारको हितमा काम गर्ने, पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गर्ने, क्रियाशील पत्रकारहरू एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको अध्यक्ष पिठातोलीले बताउनुभयो ।






























