
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा पहिलो पटक मेयर फोरम आयोजना गरिएको छ। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाको प्रमुख आतिथ्यतामा सोमबार मेयर फोरमको उद्घाटन गरिएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावल, सुदूरपश्चिम नगरपालिका सङ्घका प्रदेश अध्यक्ष वीरेन्द्र भट्ट, ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) का कार्यकारी निर्देशक डा. केके श्रेष्ठ, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, र परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टलगायतले आफ्ना धारणा राखेका थिए।
मेयर फोरम मङ्गलबारसम्म सञ्चालन हुने बताइएको छ। फोरमले स्थानीय सरकारको भूमिकाबारे छलफल गर्न, सहकार्यको संभावना खोज्न, र विभिन्न चुनौतीहरूको समाधानका लागि रणनीतिहरू निर्माण गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।




कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका विभिन्न नगरपालिकाका जनप्रतिनिधि, सरकारी अधिकारीहरू, र स्थानीय संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको छ।


































