
डडेल्धुराको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

से २ त २४३१ नम्बरको ट्याक्टर, जो साहुखर्कबाट गैरा तर्फ जाँदै थियो, भिमदत्त राजमार्गमा नालिमा पल्टिएको हो। दुर्घटना आज बिहान ३:३० बजे भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा परी कैलालीको घोडाघोडी नगरपालिका-१०, पहलवानपुर निवासी ३० वर्षीय चालक बिशाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ। चौधरी ट्याक्टरको टायरमुनी च्यापिएका कारण ज्यान गएको प्रहरीको जानकारीमा छ।




दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।



































