बाल कलाकार सचिन परियारको १३ वर्षको उमेरमा निधन

Image
Nisarga Hospital

बाल कलाकार सचिन परियारको बिहीबार बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ। अस्पताल स्रोतका अनुसार स्वास्थ्य समस्या देखिएपछि पुस ६ गते अस्पताल भर्ना गरिएका सचिनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो।

CP Hospital Dhangadhi

गुल्मी निवासी १३ वर्षीय सचिन सामाजिक सञ्जालबाट भाइरल भई चर्चामा आएका थिए। भाइरल भएपछि उनले गीत गाउनाका साथै म्युजिक भिडियोमा अभिनय गरेर दर्शकहरूको मन जितेका थिए।

सचिनको पार्थिव शरीरलाई बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

nawajiwan
Attariya Hospital

सचिनको निधनप्रति थुप्रै कलाकारहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्। उनीहरूको निधनले नेपाली कलाकारिता क्षेत्रमा ठूलो क्षति पुगेको प्रतिक्रिया व्यक्त गरिएको छ।

सचिनले कम उमेरमै नेपाली मनोरञ्जन क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनको आत्माले शान्ति पाओस्।