इन्द्रेणी कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न

Image
Nisarga Hospital

कञ्चनपुरको वेदकोट नगरपालिका–९ मा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सुन्दरपुरस्थित श्री उदयदेव माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष शिवराज भट्टको सभापतित्व र प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री ललाबहादुर खड्काको उपस्थितिमा सभा सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रमुख अतिथि खड्काले सहकारीलाई देशको तेस्रो अर्थतन्त्रको रुपमा सरकारले लिएको भन्दै सहकारीहरूको भूमिकालाई व्यवस्थापकीय रूपमा अगाडि लैजानुपर्ने आवश्यकता औंल्याए। उनले भने,

“सहकारीले कति मुनाफा बाँड्यो भन्ने भन्दा पनि कति शेयर सदस्यलाई स्वरोजगार बनायो, आत्मनिर्भर बनायो, र व्यवसायिक बनायो भन्ने कुरा महत्वपूर्ण हो।”

nawajiwan

विशेष सम्मान र पुरस्कार
साधारण सभामा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने सदस्य र संस्थाहरूलाई सम्मान गरिएको छ:

असल ऋणि सम्मान: ५ जना
असल बचतकर्ता सम्मान: ५ जना
संस्थागत बचतकर्ता सम्मान: १ संस्था
एसईई उत्कृष्ट विद्यार्थी सम्मान: उदयदेव माध्यमिक विद्यालयका १ छात्र र १ छात्रालाई नगदसहित सम्मान पत्र प्रदान।
सहकारीलाई सहयोग गर्ने संघसंस्था: कदर पत्र र मायाको चिह्न प्रदान।

सभालाई आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए:

Attariya Hospital

विद्यालयका विद्यार्थीहरूद्वारा नृत्य प्रस्तुति: उदयदेव माध्यमिक विद्यालय र चन्द्रदेवल बोर्डिङ स्कुल।

वरिष्ठ डेउडा गायक लालबहादुर धामीको प्रस्तुति।
स्थानीय राना थारु समुदायको होरी तथा अन्य नृत्य।

वि.सं. २०६८ मा ३५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले १,६०५ जना शेयर सदस्य छन्। सहकारीले ३०९ जनालाई सहुलियत दरमा ऋण सुविधा उपलब्ध गराएको छ।

कार्यक्रम सञ्चालन सचिव पदम सिंह कुँवरले गरेका थिए भने स्वागत मन्तव्य सहकारीका कर्मचारी कार्यालय सहायक गीता पाण्डेय पन्तले दिएकी थिइन्।