
बैतडी: बैतडीको सिगास गाउँपालिकाका एक युवकको भारतमा मृत्यु भएको छ ।

भारतको पिथौरागढमा काम गर्दै आएका बैतडीको सिगास गाउँपालिका – ४ तल्लाऐनीका २७ बर्षीय टेक सिंह साउदको बालुवाखानीमा च्यापिएर मृत्यु भएको हो ।

रोजगारीका लागि केही महिनाअघि भारतको पिथौरागढ गएका साउदको हिजो आइतबार बेलुका बालुवाखानीमा च्यापिएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । घटनाका बिषयमा विस्तृत जानकारी आइसकेको छैन ।

मृतक साउदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन् । कमाउनका लागि भारत गएका साउद भारतमै अस्ताए पछि अस्ताएपछि घरपरिवारको विचल्ली भएको छ । घरको कमाउने मान्छेको मृत्युको खबरले उनका घरपरिवार विक्षिप्त बनेका छन् भने सिंगो साउद परिवार शोकमा डुवेको छ ।






























