
बझाङमा अत्यधिक रक्तस्रावका कारण एक गर्भवती महिलाको ज्यान गएको छ । समयमै उपचार नपाउँदा जिल्लाको केदारस्यूँ गाउँपालिका १ डुडिलका उमेश बोहराकी २१ वर्षीया श्रीमती सविता बोहराकोको अत्यधिक रक्तस्रावका कारण ज्यान गएको हो ।
सोमबार अस्पताल लैजाने क्रममा उनको बिच बाटोमै ज्यान गएको पारिवारिक श्रोतले जानकारी गराएको छ ।
गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुर्याउनुपर्ने भएपनि गाउँमा एक स्ट्रेचर नहुँदा समयमै स्वास्थ्य संस्थामा पुर्याउन नसकिएको र बाटोमै ज्यान गएको स्थानीयले बताए।

































