कञ्चनपुरको शुक्लाफाँटाको जमिन विवाद समाधानका लागि सरकार गम्भीर- गृहमन्त्री लेखक

Image
Nisarga Hospital

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको शुक्लाफाँटामा भारतीय नागरिकले नेपालको जमिन उपभोग गरेको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री लेखकले यस विषयमा सरकारको ध्यानाकर्षण भइसकेको जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

नेकपा (एमाले) का सांसद रघुजी पन्तले शुक्लाफाँटाको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा गृहमन्त्री लेखकले यो विषयमा सरकार जानकार रहेको र समाधानका लागि कूटनीतिक पहल भइरहेको बताए।

भूमि र सीमाको रक्षा सरकारको प्राथमिकतामा
गृहमन्त्री लेखकले शुक्लाफाँटामा भारतीय पक्षले नेपालको भूमिमा खेतीपाती गरिरहेको विषय पुष्टि गर्दै भने, “त्यहाँ एउटा पिलर राख्ने आवश्यकता छ, जसका लागि दुवै देशको सहमति आवश्यक छ।”

nawajiwan
Attariya Hospital

उनले नेपाल–भारत सीमाको व्यवस्थापनका लागि रहेको संयन्त्रले पनि काम गरिरहेको जानकारी दिए। “नेपालको भूमि र सीमा रक्षा गर्न सरकार कटिबद्ध छ। भारतीय नागरिकले नेपालको जमिन भोगचलन गर्ने समस्या समाधान गर्न कूटनीतिक पहल भइरहेको छ,” गृहमन्त्रीले थपे।

सरकारले सीमा सुरक्षा र भू-उपभोग सम्बन्धी विवाद समाधानका लागि द्विपक्षीय छलफललाई प्राथमिकता दिने स्पष्ट पारेको छ।