ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् पौष महिनाको २४ गते बुधबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २४ पौष २०८१ बुधवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो योजनाहरुमा पुनर्विचार गर्ने समय रहेको छ। आर्थिक रूपमा दिन राम्रो रहनेछ। सावधानीपूर्वक योजनाहरू बनाउनुहोला। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रमले थालेको कार्य पूर्ण गर्न सकिनेछ। पारिवारिक सद्भावनामा वृद्धि हुनेछ। घरायसी कामकाजमा भाइबहिनीहरूको सहयोग मिल्नेछ। कुनै सामुदायिक जिम्मेवारी वहन गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छोराछोरीको प्रगति देखेर मन उत्साहित रहनेछ। व्यर्थमा धन खर्च हुन सक्ने सम्भावना छ। परिवारलाई समय दिनुपर्ने समय रहेको छ। दिनको उत्तरार्धमा नमिठो खबर सुन्नुपर्ने हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। धार्मिक कार्यमा मन लाग्नेछ। शिक्षामा प्रगति हुनेछ। मित्रबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आयआर्जनका नयाँ मार्गहरू सहज बन्नेछन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। यात्राको रूपरेखा निर्माण हुनेछ। सरकारी कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिन मनोरञ्जन पूर्ण रहनेछ। प्रेम र मित्रताको सम्बन्ध कसिनेछ। स्वास्थ्य सबल रहनेछ। शत्रुहरू परास्त हुनेछन्। सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। जीवन साथीको भावना बुझ्ने चेष्टा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यावसायिक क्षेत्रमा जोखिमको निर्णय लिनदेखि बच्नुहोस्। समय अनुरूप कार्य गर्ने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा विविध कुराहरुले कार्य सम्पादन हुन समय लाग्नेछ। आफ्नो आत्मचिन्तनको लागि समय निकाल्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यको दृष्टिले आजको दिन राम्रो रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। घुमफिर वा मनोरञ्जनको समय रहेको छ। आफन्तहरूको स्नेह वा सत्कार मिल्नेछ। धैर्य वा लगनशीलताले मात्र प्रतिफल प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा जोश जाँगर र हिम्मत बढ्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूले पनि सहयोग माग्नेछन्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साहको कमी हुन सक्छ। लेनदेनमा घाटा हुनसक्छ ध्यान दिनुहोस्। व्यापार व्यवसायमा नयाँ अवसरहरू मिल्नेछ। मान्यजनहरूको सल्लाहलाई ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ हात पर्नेछ। प्रतिस्पर्धा र परीक्षामा सफलता पाइनेछ। महत्वकाङ्क्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभको स्थिति रहनेछ। कार्य क्षेत्रमा मेहनत अनुरूप फल नमिल्ला। बोलीको विपरीत अर्थ लाग्नाले काम बिग्रिन सक्ला। वैदेशिक भ्रमणको लागि आवेदनहरु दिँदा कागजातको ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट