
दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माणका लागि आवश्यक रुख काट्ने द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच भएको सम्झौतामा ४२.३६ हेक्टर वन क्षेत्रमा १ हजार ७०२ रुख र पोल काट्ने कुरा तय भएको हो।

सम्झौतामा विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल र समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हस्ताक्षर गरेका छन्। उक्त क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ र यहाँको वन क्षेत्रको व्यवस्थापन पछि, उक्त भूमि भारत सरकारलाई उपलब्ध गराइनेछ।

यो आयोजनाको अनुमानित लागत ५ अर्ब ७६ करोड नेपाली रुपैयाँ रहेको छ र निर्माण कार्य ३ वर्षभित्र पूरा गर्नुपर्नेछ।






























