
भारतमा सन् २०२४ को एक वर्षमा सडक दुर्घटनामा परी १ लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ। सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले बुधबार यस बारेमा जानकारी दिएका हुन्।


उनका अनुसार, मृत्यु हुने ६६ प्रतिशत व्यक्तिहरू १८ देखि ३४ वर्ष उमेर समूहका छन्। गडकरीले विद्यालय र अन्य शैक्षिक संस्थाहरूमा यातायातको उचित व्यवस्था नभएकाले करिब १० हजार छात्रछात्राको पनि मृत्यु भएको बताए।






























