अमेरिकामा डढेलोले भयावह क्षति, पाँच जनाको मृत्यु र हजारौं विस्थापित

Image
Nisarga Hospital

अमेरिकाको पश्चिमी भागमा मंगलबार पालिसेडबाट सुरु भएको डढेलोले व्यापक क्षति पुर्‍याएको छ। एक दिनको समयमै तीव्र रूपमा फैलिएको आगलागीले पाँच जनाको ज्यान लिएको छ भने १,००० भन्दा बढी संरचना ध्वस्त भएका छन्।

CP Hospital Dhangadhi

डढेलोले पालिसेड क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ। यस क्षेत्रमा मात्रै ३७,००० मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्। इटनबाट १,००,००० मानिस विस्थापित भएका छन्। पालिसेड, इटन, रस्ट, र उड्ली गरी चार क्षेत्रहरूमा आगोले प्रभाव पारेको छ।

सान्टा मोनिका, जुन प्यासिफिक पेलिसेडको छेउमा छ, त्यहाँ पनि डढेलोका कारण मानिसहरूलाई ठाउँ खाली गर्न आदेश दिइएको छ। बाक्लो बसोबास भएको सान्टा मोनिकाका धेरै घरमा ढोका बन्द गरिएको छ, र मानिस ओसार्नका लागि बसहरूको व्यवस्था गरिएको छ।

nawajiwan
Attariya Hospital

लस एन्जलस क्षेत्रबाट विस्थापित हुनेमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको परिवार पनि परेका छन्। ह्यारिसको लस एन्जलसमा रहेको घर डढेलोबाट प्रभावित भएको छ।

डढेलोका कारण १५ लाखभन्दा बढी मानिस बिजुलीको सेवा गुमाउन बाध्य भएका छन्। तत्कालै नियन्त्रणमा आइसके पनि यो डढेलोले एकै दिनमा पुर्‍याएको मानवीय र भौतिक क्षति गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।