ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् पौष महिनाको २६ गते शुक्रबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २६ पौष २०८१ शुक्रवार को राशिफल

CP Hospital Dhangadhi

              
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत अनुसार फलको प्राप्ति हुनेछ। धेरै दिनदेखि अड्किएका कार्यहरू सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। आफन्तहरूको साथ सहयोग मिल्नेछ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ५ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कामले गर्दाखेरि दिनचर्यामा बदलाव हुनसक्ला। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुन सक्छ। र‍ोकिएका कार्यहरू प्रारम्भ हुनाले मन आनन्दित रहनेछ। व्यापार व्यवसायमा सहकर्मीहरुको साथ नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शैक्षिक क्षेत्रमा प्रगति हुन सक्ला। बोलिको विपरीत अर्थ लाग्न सक्छ। सामाजिक सञ्जालमा बोल्दा विशेष ध्यान राख्नुहोला। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ। स्वास्थ्यमा खानपानको विशेष ध्यान दिनुहोला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारीमा व्यापार विस्तार गर्ने राम्रो समय रहेको छ। गृहकार्यमा धारिलो सामग्री उपयोग गर्दा सावधान रहनुहोला। जीवनसाथीको साथ मिल्नेछ। कार्यक्षेत्रमा लाभ रहनेछ। उच्च पदमा रहेका व्यक्तिहरूबाट सहयोग प्राप्त होला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक जीवनमा मान सम्मान बढ्नेछ। धेर्य र पराक्रममा वृद्धि हुनेछ। घरपरिवारमा भाइबहिनीहरूको सहयोग मिल्नाले मन आनन्दित रहनेछ। राज्यपक्षबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन उत्साहवर्धक रहनेछ। कार्यक्षेत्र वा व्यापार व्यवसायमा पनि लाभ रहेको छ। साँझको समय मित्रहरूसँग घुमफिरमा बित्नेछ। अध्ययन अध्यापनमा विद्यार्थीहरूलाई सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा नयाँ योजनाहरूको सुरुवात गर्न उचित समय रहेको छ। भ्रमणको रूपरेखा बन्नेछ। कार्यक्षेत्रमा मान्यजनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेका कार्य सम्पादन गर्न सकिनेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। रचनात्मक कार्यतिर मन जानेछ। पारिवारिक यात्रा रमाइलो रहनेछ। पशुपालन र कृषि क्षेत्रबाट लाभ हुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साझेदारी व्यापारबाट लाभ हुनेछ। व्यापार व्यवसायमा जीवन साथीको कुराले लाभ मिल्नेछ। रमाइलो जमघटमा स्वादिष्ट भोजनको आनन्द मिल्ला। न‍ोकरी वा पेशामा अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) इच्छा र आकांक्षाको पूर्ति हुनेछ। सन्तानको प्रगतिले प्रसन्नता मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। राज्यपक्ष र प्रशासनबाट सहयोग मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। बच्चाहरुलाई मौसमी बिमारीदेखि जोगाउनुहोस्। कार्यमा रुचि बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट