डडेल्धुरा अस्पतालका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली प्रमाणपत्रको मुद्दामा दोषी ठहर

Image
Nisarga Hospital

डडेल्धुरा अस्पतालका पूर्वअध्यक्ष लक्ष्मण सिंहलाई नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ। अदालतले भ्रष्ट्राचारसम्बन्धी कसुरमा उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ।

CP Hospital Dhangadhi

सिंहले अध्यक्ष पदका लागि आवश्यक स्नातक तहको प्रमाणपत्र नक्कली रहेको देखिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाणपत्र नक्कली भएको दाबी गर्दै २०८१ भदौ ३१ मा उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

Attariya Hospital

विशेष अदालतका न्यायाधीश रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो। अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने कानुनी प्रावधान छ। सिंहले इन्टरमिडियट र स्नातक तहका नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको छ।

nawajiwan