ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् पौष महिनाको २७ गते शनिबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २७ पौष २०८१ शनिवार को राशिफल

CP Hospital Dhangadhi

                                 

मेष

nawajiwan

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रमा बोलीको प्रभावले बिग्रेको काम बनाउन सकिनेछ। नजिकका साथीभाइहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक रोजगारमा नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा विश्वासपात्रबाट धोखा मिल्न सक्ला। व्यापार व्यवसायमा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर चिकित्सकको सल्लाह लिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा अनुभवीहरूको साथ सहयोगले कार्य बन्नेछ। पारिवारिक जमघटले मन प्रसन्न रहनेछ। सन्तानको उन्नति वा प्रगतिलाई लिएर चिन्तित रहनुहुनेछ। घरको कामकाजमा समय धेरै बित्नेछ। जीवन साथीको सहयोग मिल्ला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा रुचि बढ्नेछ। वादविवादबाट टाढा रहने प्रयास गर्नुहोला। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने प्रयास गर्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्यलाई लिएर ध्यान राखौँ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो लोकप्रिय छवि कायम राख्ने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा शत्रुहरू हावी हुनेछन्। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

Attariya Hospital

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन मित्र वा आफन्तसँग भेटघाटमा समय व्यतीत हुनेछ। व्यापारमा पुरानो कार्यबाट शुभ सूचना मिल्नेछ। घरपरिवारको मनमुटावलाई सुल्झाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा मानसम्मान बढ्नेछ। राज्य पक्ष वा सरकारी क्षेत्रमा प्रभावशाली व्यक्तित्वहरूको साथ मिल्नेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन उत्तम रहनेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको साथ सहयोग मिल्नेछ। पायक स्थानमा भ्रमणका योग छन्। घरायसी सम्बन्ध सुल्झाउनमा समय बित्नेछ। परिवारमा आफूभन्दा ठूलाको साथ सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यको साथ मिल्नेछ। अध्ययनमा सफलताले विदेशतिर जाने अवसर खुलाउनेछ। भविष्यको लागि नयाँ कार्यमा जग बसाउन सकिनेछ। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वकांक्षी समस्याहरू सुल्झीनेछ। पारिवारिक सदस्यहरूको साथ र सहयोग मिल्नेछ। आयस्रोत सबल रहनेछ। रचनात्मक र कलात्मक क्षेत्रतिर विकास हुनेछ। विद्यार्थीहरूको अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जीवनशैलीमा ठूलो परिवर्तन गर्न सक्नुहुनेछ। पुरानो कुरालाई लिएर मन अशान्त थियो भने मुक्ति मिल्नेछ। गणित वा आइटी क्षेत्रका विद्यार्थीहरूलाई समय अनुकूल रहनेछ। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ६ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा विवादको सम्भावना रहेको छ। समस्यालाई ढाकछोप गर्नुभन्दा सुल्झ्याउने प्रयास गर्नुहोला। नोकरी वा पेशामा अधिकारीहरुको कुरालाई गम्भीरताले लिनुहोस्। साझेदारी व्यापारमा लाभ पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
-ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल
हाम्रो पात्रो बाट