‘पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना’ अन्तर्गत स्थानीय स्रोत व्यक्तिहरूलाई मान्यता प्रदान

Image
Nisarga Hospital

रमेश बहादुर सिंह /बझाङः केदारस्यु गाउँपालिकामा ‘पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना’ अन्तर्गत स्थानीय स्रोत व्यक्तिहरूलाई मान्यता प्रदान दिइएको छ।

CP Hospital Dhangadhi

केदारस्यु गाउँपालिकामा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना” अन्तर्गत स्थानीय स्रोत व्यक्तिहरूलाई दिगोपनाको लागि पहिचान र मान्यता दिने कार्यक्रम सम्पन्न भएको छ।

nawajiwan

कार्यक्रम संचालन परियोजना संयोजक रमेश बहादुर मालीले गर्नु भएको थियो भने संस्थाका अध्यक्ष मोहन लाल बि.क को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालिले गर्नु भएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गणेश बोहराले स्थानीय स्रोत व्यक्तिहरूलाई सम्मान प्रदान गर्दै उनीहरूको योगदानको र काम कर्तव्य अधिकार को पनि कदर गर्नुभएको थियो। उहाँले स्थानीय सरकारद्वारा स्रोत व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै उत्कृष्ट काम गर्न थप प्रेरणा दिनुभयो। काम गर्दा अरुको लागि नभई आपनो लागि हो भनेर काम गर्न समेत अध्यक्ष बोहराले अनुरोध गर्नुभएको थियो।

Attariya Hospital

विशिष्ट अतिथि कृषि ज्ञान केन्द्र प्रमुख खेमराज पनेरुले स्रोत व्यक्तिहरूको दीगो भविष्य सुनिश्चित गर्न यस्तो कार्यक्रमको महत्त्व उल्लेख गर्दै यसले सम्पूर्ण क्षेत्रको समृद्धिमा टेवा पुग्ने बताउनुभयो।

कार्यक्रममा ३८ जना स्रोत व्यक्तिको निर्माण र मान्यता प्रदान गरिएको छ। साथै, पहिलो त्रैमासिक समीक्षा बैठकसमेत सम्पन्न गरिएको छ, जसले परियोजनाको प्रगति र भावी योजनाहरू निर्धारण गर्न सहयोग गरेको छ।

कार्यक्रममा स्थानीय सरकार, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुख, विभिन्न सहजकर्ताहरू, र कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष मोहन लाल बि.कले सहकार्य र समन्वयका लागि सबैलाई धन्यवाद व्यक्त गर्दै स्रोत व्यक्तिहरूलाई लगनशील भएर काम गर्न आग्रह गर्नुभयो। कार्यक्रमले केदारस्यु गाउँपालिकामा दीगो विकास र समृद्धिको मार्गप्रशस्त गर्ने विश्वास लिइएको छ।यो कार्यक्रम बाट स्थानिय स्तरमा समेत निकै टेवा पुगेको सहभागिता हरुको भनाई रहेको थियो।