प्रेस सेन्टर नेपाल बैतडीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन

Image
Nisarga Hospital

धनगढी- प्रेस सेन्टर नेपाल बैतडीको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

जिल्लाकाे गाेठलापानी स्थित अपीगेष्ट हाउसमा प्रेस सेन्टर नेपाल बैतडीको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको हो। छैटाैँ जिल्ला अधिवेशनबाट डीआर भट्ट  अध्यक्ष पदमा सर्वसम्मत  चयन भएका छन् ।

Attariya Hospital

यस्त‌ै उपाध्यक्षमा गोविन्द पन्त र हजारी महरा, सचीवमा केशब भट्ट, सह सचिवमा राजेन्द्र महर, काेषाध्यक्षमा जयन्ती भट्ट  चयन भएका हुन्। सम्पन्न सम्मेलनले  ११  सदस्यीय कमिटी  सर्वसम्मत चयन  गरेकाे  प्रेस  सेन्टर  नेपाल बैतडीले जनाएकाे छ ।

nawajiwan

प्रेस सेन्टर नेपाल बैतडी शाखाका निवर्तमान अध्यक्ष करुणाकर भट्टकाे सभाध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज रामसिंह ठगुन्नाकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा पूर्व प्रदेश सांसद एवं नेकपा माओवमदी केन्द्रका बैतडी सह इन्चार्ज प्रेम प्रकाश भट्ट (आदित्य) विशिष्ट अतिथि  रहेका थिए ।
यस्तै कार्यक्रममा पत्रका महासंघ बैतडी अध्यक्ष नरी बडु, प्रेस सेन्टर नेपालका  नेता लगायत  पत्रकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।