ज्योतिषिका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् पौष महिनाको २९ गते सोमबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – २९ पौष २०८१ सोमवार को राशिफल

CP Hospital Dhangadhi

                               

मेष

nawajiwan

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा मनोबल बढ्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनले सोचेअनुसार काम गर्न सकिनेछ। आफ्नो कुरालाई अभिव्यक्त गर्नमा संकोच नगर्नुहोला। कार्यक्षेत्रमा प्रभावशाली उपस्थिति रहनेछ। साथीभाइहरूको सम्बन्ध प्रगाढ बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो योग्यतालाई विचार गरेर आत्मविश्वासको साथ निर्णय लिनुहोला सफलता मिल्नेछ। कमजोरीलाई सुधारदै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ। विद्यार्थीहरूको बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) इच्छाअनुसार समयको सदुपयोग गर्न सक्नु हुनेछ। धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्य गर्दा मन दोधारमा हुन सक्छ तसर्थ जानकारको सल्लाह लिएर अगाडि बढ्नुहोस्। आर्थिक पक्ष मजबुत रहनेछ साथै कुनै कुरालाई लिएर मनमा चिन्ता रहनेछ। प्रतिस्पर्धात्मक कार्यमा सफलता पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

Attariya Hospital

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम्पत्य वा प्रेम जीवन सुखमय रहनेछ। कार्यक्षेत्रमा प्रतिनिधि जनको सहयोग प्राप्त हुनेछ। अधिकार प्राप्तिको लागि गरिएका प्रतिस्पर्धामा विजय मिल्नेछ। खानपानको गडबडीले स्वास्थ्य बिग्रिन सक्छ। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। नजिकका आफन्तहरूको भेटघाटले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा उच्च अधिकारीको साथ मिल्नेछ। सन्तानको करियरलाई लिएर ठूलो धन खर्चका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो विचार र योजनाहरूलाई क्रियान्वित गर्न सफल हुनुहुनेछ। घरायसी जिम्मेवारीले व्यस्तता रहनेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम बन्नेछन्। अध्ययन र सृजनात्मक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एउटा कार्य समाप्त गरेर अर्को कार्य प्रारम्भ गर्नुहोला। व्यापार व्यवसायमा ठूलो निर्णय लिनुभन्दा अघि विशिष्ट व्यक्तिको सल्लाह लिनुहोस्। कुनै कुरामा अनुपेक्षित खर्च हुन सक्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक दायित्व सम्पादन गर्नमा धन खर्च गर्नुपर्ला। प्रशासनिक क्षेत्रबाट लाभ मिल्न सक्छ। विद्यार्थीहरूलाई नयाँ ज्ञानको अवसर मिल्नेछ। व्यापार व्यवसायमा अनुभवको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आकस्मिक विवाद हुने सम्भावना छ। छरछिमेकीसँग बोल्दा बोलीचालीमा सहजता अपनाउनुहोस्। कार्यक्षेत्रमा आफन्तहरूको साथ सहयोग मिल्नेछ। कार्यक्षेत्रमा श्रमको अनुसार मूल्यांकन मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
हाम्रो पात्रो बाट