युवापुस्तालाई उद्यमी बन्न प्रेरित गर्दै आरन र चोयाको तालिम

Image
Nisarga Hospital

सामाजिक विकास कार्यालय बैतडीले जिल्लाका १० वटै स्थानीय तहबाट दलित समुदायका युवाहरूलाई सातदिने आरन र चोया बनाउने तालिम प्रदान गरेको छ। यो तालिम युवापुस्तालाई स्वदेशमै उद्यमी बन्न प्रेरित गर्दै दिइएको हो। तालिममा सहभागी युवाहरूले आरन र बाँसका चोयाका विभिन्न सामग्री बनाउन सिकेका छन्।

CP Hospital Dhangadhi

शिवनाथ गाउँपालिका–६, डाँडाकोटका मनिराम पार्कीले यो अवसर पाउँदा खुशी व्यक्त गर्दै, गत वर्ष शिवनाथ गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि डोको किन्ने निर्णय गरेको थियो र उनले व्यावसायिक रूपमा डोको बुन्न थालेका थिए।

Attariya Hospital

शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले, “उद्यमीबाट प्रतिडोको छ सय रुपियाँमा किन्ने गरेका छौँ,” भनेका छन्। सामाजिक विकास कार्यालयका प्रमुख शङ्करदत्त जोशीले प्रशिक्षकमार्फत युवाहरूलाई सिप सिकाएको जानकारी दिएका छन्, साथै प्रत्येक युवालाई २० हजार रुपियाँको आर्थिक सहयोगसमेत प्रदान गरिएको छ।

nawajiwan

तालिममा आरनमा हँसिया, त्रिशूल जस्ता कृषि औजार बनाउन सिकाइएको प्रशिक्षक शङ्कर टमटाले बताउनुभयो। युवा सहभागिहरूले चासोका साथ सिप सिकेका छन् र डोको बुन्न सजिलो भए पनि नाङ्लो बुन्ने सिप सिकाउन समय लागेको प्रशिक्षक जयदेव कामीले बताए।