अछाममा १५० विद्यार्थीलाई न्यानो टोपी वितरण

Image
Nisarga Hospital

साँफेबगर नगरपालिका-१३, बावलास्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १ देखि ६ सम्मका १५० विद्यार्थीलाई न्यानो टोपी वितरण गरिएको छ। नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिव तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) द्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई टोपी वितरण गरिएको हो।

CP Hospital Dhangadhi

स्व. विष्णु प्रसाद जोशीको ४५ औं स्मृति
यो कार्यक्रम विद्यालयका पूर्व प्रधानाध्यापक स्व. विष्णु प्रसाद जोशीको ४५औं स्मृतिमा आयोजित गरिएको थियो। स्व. जोशी २०३० देखि २०३२ सालसम्म विद्यालयका प्रधानाध्यापकका रूपमा कार्यरत थिए।


कार्यक्रमको सभापतित्व विद्यालय अभिभावक संघका अध्यक्ष दयानाथ जोशीले गरेका थिए। प्रमुख अतिथि वडा नं-१३ का वडा अध्यक्ष रुपबहादुर कुँवर र विशेष अतिथिका रूपमा स्व. जोशीका छोरा हेमन्त राज जोशी (बाजे) उपस्थित थिए।

nawajiwan

अन्य अतिथिहरूमा वडा सदस्य बलबहादुर साउँद, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बटाला, समाजसेवी दानसिं कुँवर, टंक बटाला लगायतका प्रमुख व्यक्तिहरू सहभागी थिए।

Attariya Hospital


कार्यक्रममा उपस्थित वक्ताहरूले स्व. विष्णु प्रसाद जोशीले समाज र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनलाई श्रद्धाञ्जलि अर्पण गरे।

कार्यक्रममा स्व. बुवाको योगदान र समाजसेवी भावनालाई सम्मान गर्दै हेमन्त राज जोशी (बाजे)ले यो कार्य गरेका थिए। उनले भने, “बुवाको आत्मा शान्ति पाउने र बुवाप्रति सच्चा सम्मान व्यक्त गर्ने उद्देश्यले मैले यो कार्य गरेको हुँ।”

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक तिलक कुँवरले गरेका थिए। विद्यालयका सहायक प्रधानाध्यापक रमाकान्त जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

यो कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई चिसो मौसममा न्यानो प्रदान गर्दै स्व. विष्णु प्रसाद जोशीको योगदानलाई सम्मान गरेको विद्यालयले जनाएको छ।