
बैतडी: राष्ट्रिय स्वतन्त्र पार्टीको बैतडी जिल्ला मासिक बैठक आज पार्टी कार्यालय साहिलेकमा सम्पन्न भएको छ। बैठक जिल्ला सभापति भीम नाथको सभापतित्व र विधेयक मन्थन विभागका केन्द्रिय सदस्य भोजराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकमा जिल्लाका सबै पालिकाहरूको सहभागिता रहेको थियो। बैठकले संगठन विस्तार र आगामी योजनाहरूको विषयमा छलफल गर्दै रिक्त पदपूर्तिका सम्बन्धमा निर्णय लिएको जिल्ला संयोजक भीम नाथले जानकारी दिनुभयो।

त्यस्तै, बैठकले जिल्लाको र्यापिड एक्सन टिम (RAT) को संयोजकमा चन्द्र सिंह धामीलाई चयन गरेको छ। यसबारेमा जानकारी दिँदै जिल्ला सचिव हरिस जोशीले टिमले स्थानीयस्तरमा तात्कालिक समस्याहरू समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

बैठकले पार्टी संगठनलाई बलियो बनाउँदै आगामी गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको छ।





























