
कैलालीको धनगढी उपमहानगरपालिकाले बाजुरास्थित धार्मिक र पर्यटकीय स्थल बडीमालिका मन्दिरमा पहिलोपटक सरकारी डोल पठाउने निर्णय गरेको छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार, यस वर्ष बडीमालिका मन्दिरमा लाग्ने मेलाको अवसरमा विधिपूर्वक पूजा सामग्रीसहित डोल पठाउने तयारी गरिएको छ। उनले भने, “धनगढी सुदूरपश्चिमको प्रमुख सहर हो, जहाँ सबै जिल्लाका बासिन्दा बसोबास गर्छन्। बडीमालिका प्रति धेरैको आस्था रहेकोले हाम्रो तर्फबाट पहिलोपटक यो धार्मिक योगदान गर्ने तयारी गरेका छौँ।”
इतिहासमा हेर्दा, राणाकालदेखि डोटी, जुम्ला, बाजुरा तथा गोर्खा पल्टन र चन्द्रनाथ पल्टनबाट बडीमालिका मन्दिरका लागि सरकारी डोल पठाउने परम्परा चलिआएको छ। यसै परम्परालाई पछ्याउँदै धनगढी उपमहानगरपालिकाले श्रीवृद्धिका लागि यो पहल गरेको हो।




डोल धनगढीमै पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूको नेतृत्वमा पठाइनेछ। यसरी, जेठ शुल्क पक्षको अष्टमी तिथिमा गरिने बडीमालिका मन्दिरको विशेष पूजामा धनगढीको पनि सहभागिता रहनेछ।


































