डोटीको आदर्शमा विवाहको भोज खाएका ९० जना बिरामी

Image
Nisarga Hospital

डोटीको आदर्श गाउँपालिका-१ टाँगमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन्। शुक्रबार नरबहादुर विककी छोरीको विवाहमा सहभागी भएका माइती पक्षका सदस्यहरूमा ज्वरो, वान्ता, रिगंठा, र पखालाजस्ता लक्षण देखापरेको छ।

CP Hospital Dhangadhi

स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काका अनुसार, बिरामीमध्ये ३० जनाको उपचार शनिबार र ६० जनाको उपचार आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा गरिएको छ। अधिकांशलाई उपचारपछि घर फर्काइएको भए पनि केहीको अवस्था सामान्य नभएको बताइएको छ। घटनामा सुजी (हलुवा) खाएकाहरूमा समस्या देखिएको अनुमान गरिएको छ।

गाउँपालिकाका एमबिबिएस डाक्टरसहित १३ जनाको स्वास्थ्य टोली परिचालन गरिएको छ। बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ।

यस घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको नेतृत्वमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।