नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोट, मृत्यु हुनेको सङ्ख्या ८६

Image
Nisarga Hospital

अबुजा: नाइजेरियाको मध्य भागमा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुगेको छ। साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार सडकमा पल्टिएपछि विस्फोट भएको हो।

CP Hospital Dhangadhi

नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीका अनुसार विस्फोटका कारणले मृत्यु हुनेको सङ्ख्या ८६ पुगेको छ। घटनास्थल कादुनासँग जोड्ने सडकको डिक्को जंक्शनमा रहेको छ।

राष्ट्रपति बोले अहमद टिनुबुले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो दुर्घटनाको दोहोरिन नदिन इन्धनको जोखिम र वातावरणीय खतराबारे जनचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।

nawajiwan
Attariya Hospital

यसअघि पनि नाइजेरियामा यस्ता दुर्घटनाहरू बारम्बार भएका छन्। अक्टोबरमा जिगावा राज्यमा भएको यस्तै दुर्घटनामा १७० भन्दा बढीको मृत्यु भएको थियो। सन् २०२० मा मात्र, फेडरल रोड सेफ्टी कोप्र्सले १,५३१ इन्धन ट्याङ्कर दुर्घटनाको विवरण सार्वजनिक गरेको थियो, जसमा कम्तीमा ५३५ जनाले ज्यान गुमाएका थिए।

नाइजेरियामा इन्धन ट्याङ्कर दुर्घटना र विस्फोटका घटना बारम्बार भइरहँदा जनधनको क्षति रोक्न ठोस कदम चाल्नुपर्ने आवाज उठ्दै आएको छ।