ताइवानको दक्षिणी क्षेत्रमा ६.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, १५ घाइते

Image
Nisarga Hospital

ताइवानको दक्षिणी क्षेत्र युजिङ शहर नजिक ६.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प मंगलबार बिहान गएको छ।

CP Hospital Dhangadhi

भूकम्पको केन्द्रबिन्दु युजिङ शहरको उत्तरमा १२ किलोमिटर टाढा रहेको थियो। भूकम्पका कारण ताइनान शहरको नान्क्सी जिल्लामा घर भत्किएको र उद्धारका क्रममा ६ जना घाइते भएका छन्। अन्य ९ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

Attariya Hospital

भूकम्पले राज्य राजमार्गमा रहेको झुवेई पुललाई पनि क्षति पुर्याएको छ। सन् २०२३ र २०१६ मा ताइवानमा भएका भूकम्पका घटनामा ठूलो जनधनको क्षति भएको थियो।

nawajiwan