
सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म बझाङले २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ विशेष कार्यक्रमसहित मनाएको छ। जयपृथ्वी नगरपालिका–६ मा रहेको गुल्मको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईको उपस्थिति रहेको थियो।

दिवसको अवसरमा सहिदहरूको योगदानको सम्झनामा फोटोमा माल्यार्पण गरिनुका साथै दुई उत्कृष्ट सशस्त्र प्रहरी जवानलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा सशस्त्र प्रहरी जवान दीपक गुर्धामी र अनिल धामी रहेका छन्। उनीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको सशस्त्र प्रहरी निरीक्षक धनबहादुर सिंहले जानकारी दिनुभयो।


दिवसको पूर्वसन्ध्यामा गुल्मले हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, मन्दिर सरसफाइ, वृक्षारोपण, र लागूऔषध सम्बन्धी जनचेतना अभियान सञ्चालन गरेको थियो।
सशस्त्र प्रहरी बल नेपाल विसं २०५७ साल माघ ९ गते स्थापना भए पनि बझाङमा भने २०७६ साल कात्तिक १३ गते आश्रित गुल्मको स्थापना भएको हो। हाल गुल्म जयपृथ्वी नगरपालिका–६ अठलामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गरिरहेको छ।


































