भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु, ५ घाइते

Image
Nisarga Hospital

भारतको महाराष्ट्रमा रेलबाट हाम फाल्ने क्रममा ११ जनाको मृत्यु भएको छ। रेलमा आगलागी भएपछि यात्रुहरूले हाम फाल्दा अर्को रेलले किचेर मृत्यु भएको हो। यो घटनामा पाँचजना घाइते भएका छन्।

CP Hospital Dhangadhi

घटना मुम्बईबाट करिब ४०० किलोमिटर टाढा जलगाँव जिल्लामा भएको हो। जलगाँवका शीर्ष अधिकारी आयुष प्रसादले भने, “मानिसहरूलाई रेलले किचेको छ। ११ जनाको मृत्यु भएको छ र पाँच जनाको उपचार भइरहेको छ।”

भारतीय रेलवेका प्रवक्ताले स्थानीय मिडियालाई बताएका अनुसार कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेपछि केहि यात्रु रेलबाट ओर्लिएका थिए। विपरीत दिशाबाट आइरहेको अर्को रेलले उनीहरूलाई किचेको प्रवक्ताले बताए।

nawajiwan
Attariya Hospital

भारतले रेल पूर्वाधारको आधुनिकीकरणका लागि ३० अर्ब डलरको योजना अघि बढाएको छ। तर, विश्लेषकहरूको भनाइमा, पुरानो रेल प्रणालीले अझै सुधारको आवश्यकता महसुस गराइरहेको छ।

सरकारी तथ्यांकअनुसार, सन् २०१७ देखि २०२१ सम्म भारतमा वार्षिक औसत २० हजार मानिसले रेल दुर्घटनामा ज्यान गुमाएका छन्।