अछाममा नयाँ प्रविधिसहितको इट्टा उद्योग सञ्चालन

Image
Nisarga Hospital

अछाम: अछामको साँफेबगर नगरपालिका-३ मा नयाँ प्रविधिसहितको इट्टा उद्योग सञ्चालनमा आएको छ। यात्रा इकोब्रिक्स एण्ड टाइल्सले बिहीबारदेखि उद्योग सञ्चालनमा ल्याएको हो। उद्योगको उद्घाटन साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले गरेका छन्।

CP Hospital Dhangadhi

उद्योगका सञ्चालक संगीत कुँवरका अनुसार नयाँ प्रविधिबाट उत्पादन गरिने इट्टा वातावरणमैत्री हुनेछ। परम्परागत इट्टा उत्पादनमा ४५ दिन लाग्ने भए पनि नयाँ प्रविधिले १५ दिनभित्र बिक्रीका लागि तयार गर्ने उनले बताए। इट्टाको साइज ठूलो, फिनिसिङ एकनासको तथा प्लास्टर गर्न आवश्यक नपर्ने भएकाले निर्माणकार्यमा आर्थिक र समयको बचत हुने दाबी गरिएको छ।

सञ्चालक कुँवरका अनुसार उद्योगमा हाइड्रोलिक प्रेस प्रविधि प्रयोग गरी इट्टा उत्पादन गरिन्छ। यस इट्टा निर्माणमा ९० प्रतिशत रातो माटो र ९.८ प्रतिशत ओपीसी सिमेन्ट प्रयोग गरिन्छ। उद्योगले वार्षभरि नै उत्पादन सञ्चालन गर्ने र इट्टाको आयु ५० वर्षभन्दा बढी हुने कम्पनीको दाबी छ।

nawajiwan
Attariya Hospital

यो उद्योग सुदूरपश्चिम प्रदेशमा प्रविधिसहित सञ्चालनमा आएको पहिलो इट्टा उद्योग भएको कुँवरले बताए। हाल उद्योगमा २० जनालाई रोजगारी दिइएको छ, जसले स्थानीय रोजगारी सिर्जनामा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नयाँ प्रविधिको प्रयोगले इट्टा उत्पादन गर्दा धुवाँ प्रदूषण शून्य रहने र वातावरण संरक्षणमा मद्दत पुग्ने कम्पनीको दाबी छ। सञ्चालक कुँवरका अनुसार उद्योगले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ।