अछाममा दुई किशोरीको हत्या प्रकरण: दुई किशोर पक्राउ, प्रेम प्रस्ताव अस्वीकार गरेपछि हत्या

Image
Nisarga Hospital

अछाम – अछामको ढकारी गाउँपालिका–१ स्थित छिन्ने जंगलमा मृत फेला परेका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ। प्रहरी अनुसन्धान अनुसार उनीहरूको ढुंगा प्रहारबाट हत्या भएको पुष्टि भएको छ।

CP Hospital Dhangadhi

गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएका दुबै किशोरीको शव भोलिपल्ट जंगलमा भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी तथा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानमा हत्या पुष्टि भएको हो।

हत्या आरोपमा दुई किशोर पक्राउ

nawajiwan

ढकारी गाउँपालिका–३ तालीका दुई किशोरलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिँदै छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले पक्राउ परेकाहरूलाई सार्वजनिक गर्दै विस्तृत विवरण दिने बताएका छन्।

टेलिफोनबाट प्रेम, पहिलो भेटमै हत्या

प्रहरी अनुसन्धानअनुसार हत्याको प्रमुख कारण प्रेम सम्बन्ध रहेको छ। मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका किशोरबीच लामो समयदेखि टेलिफोन संवाद हुँदै आएको थियो। तर, उनीहरूको प्रत्यक्ष भेटघाट भएको थिएन।

अछाममा माघ महिनामा विवाहित छोरीबेटीलाई माइती पक्षले कोशेली दिने प्रचलन छ। यही अवसरमा तालीबाट आएका दुई किशोरले किशोरीसँग भेट्ने योजना बनाए। टेलिफोन संवादपछि गोठालो जाने क्रममा छिन्ने जंगलमा भेट्ने सहमति भयो।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि हत्या

जंगलमा भेटेपछि इशरा र उनका प्रेमी राजेश (नाम परिवर्तन) छेउ लागेर कुरा गर्दै थिए भने सरस्वती र अर्का किशोर दिपेश (नाम परिवर्तन) बीच कुराकानी भइरहेको थियो। सोही क्रममा दिपेशले सरस्वतीलाई प्रेम प्रस्ताव राखे, तर सरस्वतीले अस्वीकार गरिन्। प्रहरी अनुसार, दिपेशले जबरजस्ती यौन सम्पर्क राख्ने प्रयास गरेपछि सरस्वतीले प्रतिवाद गरिन्।

Attariya Hospital

आवेशमा आएका दिपेशले नजिकैको ढुंगा उठाएर सरस्वतीको मुखमा प्रहार गरे। भुइँमा लडेपछि पुनः पटक–पटक प्रहार गर्दै उनको हत्या गरे।

इशराको हत्या पनि योजनाबद्ध

सरस्वतीको हत्या भएपछि इशरा र राजेश घटनास्थलमा आइपुगे। इशराले सरस्वतीको हत्या भएको भन्दै गाउँमा खबर गर्ने चेतावनी दिइन्। त्यसपछि दिपेश र राजेशले इशराको पनि हत्या गर्ने योजना बनाए।

राजेशले ढुंगा प्रहार गर्दै इशरालाई पनि मारिदिए। प्रहरीले हत्या पश्चात शवलाई पहिरो जस्तो देखिने गरी ढुंगा खसालिएको पाइएको जनाएको छ।

हत्या लुकाउन पहिरोको नाटक

हत्या लुकाउन भीरबाट ढुंगा खसालेर प्राकृतिक दुर्घटना जस्तो देखाउने प्रयास गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ। घटनास्थलमा धेरै ढुंगा खसालिएको देखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले अनुसन्धानलाई तीव्र बनायो। घटनाका बेला वरपर देखिएका मानिसहरूमाथि अनुसन्धान गर्दै जाँदा दुबै किशोर पक्राउ परे।

गाउँबाट भाग्ने तयारी गरिरहेका उनीहरूलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लियो। पक्राउ परेका मध्ये १० वर्षीय नाबालक सरकारी साक्षीका रूपमा रहेका छन् भने अन्य दुई विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ।