मेयर बालेनको ‘मलाई बोल्न दे’ क्लिप भाइरल, सामाजिक सञ्जाल विधेयकको विरोध

Image
Nisarga Hospital

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो ‘बलिदान’ एल्बमको ‘मलाई बोल्न दे’ गीतको क्लिप सेयर गर्दै सरकारको सामाजिक सञ्जाल विधेयक २०८१ को विरोध गरेका छन्।

CP Hospital Dhangadhi

यसअघि ‘गरिबको चमेलीको बोल्दिने कोही छैन…’ गीतको क्लिप भाइरल भएको थियो। बुधबार उनले पुनः ‘बलिदान’ एल्बमकै अर्को भाग सेयर गरेका हुन्।

बालेनको सचिवालयका अनुसार, सरकारले ल्याउन लागेको विधेयकले वाक स्वतन्त्रता कुण्ठित गर्ने भएकाले त्यसको विरोध स्वरूप उनले उक्त गीतको क्लिप सेयर गरेका हुन्। ‘सरकारले बोल्न नदिने विधेयक ल्याएपछि विरोध गरेको कुरा गीतमा प्रष्टै छ,’ सचिवालयका एक सदस्यले बताए।

nawajiwan
Attariya Hospital

सामाजिक सञ्जाल प्रयोग, सञ्चालन तथा नियमन गर्ने उद्देश्यसहित ल्याइएको विधेयकप्रति व्यापक आलोचना भइरहेका बेला मेयर बालेनको यो कदम चर्चामा रहेको छ।