इजरायली राष्ट्रपति हर्जोग : विपिन जोशीको रिहाइका लागि हरसम्भव प्रयास गरिरहेका छौँ

Image
Nisarga Hospital

इजरायलका राष्ट्रपति इज्याक हर्जोग ले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशी को सुरक्षित रिहाइ तथा घर फिर्तीका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्।

CP Hospital Dhangadhi

इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डित सँगको टेलिफोन वार्तामा राष्ट्रपति हर्जोगले यो प्रतिबद्धता व्यक्त गरेका हुन्। नेपाली परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, मंगलबार साँझ भएको संवादमा जोशीको रिहाइ प्राथमिकतामा रहेको हर्जोगले स्पष्ट पारे।

मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, “राष्ट्रपति हर्जोगले हमासद्वारा बन्दी बनाइएका अन्य कैदीहरूसँगै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको जानकारी गराएका छन्।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यो भनाइसँगै, इजरायली सरकार विपिन जोशीको उद्धारका लागि सक्रिय रहेको संकेत गरेको छ।

Dhnagadhi & Krishanapur