
बाजुरा: गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको बाटोमै शिशु जन्मिएपछि स्वास्थ्यकर्मीको सहयोगमा उद्धार गरिएको छ।

स्वास्थ्य चौकी जान हिँडेकी बोहराले स्वास्थ्य केन्द्र पुग्नुअघि नै बाटोमै शिशु जन्माएकी थिइन्। स्वास्थ्य चौकीभन्दा करिब एक घण्टा टाढा रहेको स्थानमा प्रसव भएपछि स्थानीय महिला स्वास्थ्यकर्मीले तिनको उद्धार गरी माझपाली आधारभूत स्वास्थ्य केन्द्र पु¥याएका थिए।
स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडकाका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। स्वास्थ्यकर्मीहरूले स्ट्रेचरको सहायताले सुत्केरीलाई स्वास्थ्य केन्द्रसम्म पुर्याएका थिए।




यो घटनाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र पूर्वाधार सुधारको आवश्यकता पुनः उजागर गरेको छ।


































